काठमार्डौं - नेकपाका नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि शनिबार चितवनमा भएको अभद्र व्यवहारको खुलेर विरोध गरेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गरेका छन्।
थापाले बुटवलमा केही समय अघि मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार हुँदा निदाएर बसेको र अहिले पाण्डेमाथि अभद्र व्यवहार हुँदा बोलेको भन्दै गुटको राजनीति गरेको भन्दै आरोप लगाएका हुन्।
‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ,’ उनले लेखेका छन्, ‘गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य तब न नारायणकाजी !’
हिजो नारायणकाजीले ट्वीटरमा लेखेका थिए, ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस्।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।