आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सूर्य थापाको जागिर संकटमा ! बामदेव गौतमले गरे ‘चुगली’

सूर्य थापाको जागिर संकटमा ! बामदेव गौतमले गरे ‘चुगली’

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 7.1K
    SHARES

  • सूर्य थापाको जागिर संकटमा ! बामदेव गौतमले गरे ‘चुगली’

    काठमाडौं – रुखो शैलीका कारण पटक–पटक विवादमा आइराख्ने र आलोचना खेपिराख्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको जागिर संकटमा पर्ने देखिएको छ ।

    शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेकपा उपाध्यक्ष वामदेव गौतमले सूर्य थापाको चुगली गर्दै कारवाही गर्न माग गरेका छन् ।

    गौतमले थापालाई पदबाट हटाउन माग गरेका छन् । गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।’

    बैठकमै पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले सरकारी अखबार गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।’

    ओली पक्षले विपक्षीलाई सिध्याउन सरकारी स्रोतसाधनको दुरुपयोग गरिरहेको अर्काे पक्षको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend