काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ कुरामा होइन, काममा विश्वास गर्ने नेता पर्छन् । सफल शिक्षासेवीको पहिचान बनाएर राजनीतिमा लागेका उनी अहिले चितवन २ को उम्मेदवार छन् ।
भोजपुरमा जन्मेर ललितपुर र काठमाडौंमा कर्म गरेर चितवनमा राजनीति थालेका श्रेष्ठले जिल्लाको विकासका लागि धेरै काम गर्दै आएका छन् ।
चितवनमै स्थायी बसोबास भएका श्रेष्ठले शिक्षा, स्वास्थ्य, पर्यटनमा लगानी गरेका छन्, त्यो पनि चितवनलाई केन्द्रित गरेर । चुनावी घरदैलोका क्रममा उनी जहाँ जहाँ पुगेका छन्, स्थानीय मतदाताले न्यानो माया दिएको उनले बताए ।
स्थानीय निर्वाचनको मतपरिणामअनुसार चितवन २ मा चारदलीय गठबन्धनको ३४ हजार मत छ । तर, त्यो मतलाई उनले गणना नगरी आफैं दिनरात मत माग्न मतदातासमक्ष पुग्ने गरेका छन् । श्रेष्ठसँग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् ।
पोखरेल टेस्टेड नेता हुन् । उनी त्यहीँबाट १० वर्ष सांसद भइसकेका छन् । लामिछाने पत्रकारिता गर्दागर्दै बीचमै छाडेर राजनीतिमा होमिएका हुन् ।
२०७४ को निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले २९ हजार ४ सय ७६, नेपाली कांग्रेसले २४ हजार २ सय १७ र नेकपा माओवादी केन्द्रले ११ हजार ७ सय ८५ मत ल्याएका थिए। त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुनुपर्ने हो।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने एमालेको ३५ हजार ३ सय ४३ मत छ। नेपाली कांग्रेसको २४ हजार ५ सय ३१, माओवादी केन्द्रको ७ हजार ३ सय ८७ र एकीकृत समाजवादीको ३ हजार ५ सय ६९ छ। त्यसैले नेता श्रेष्ठ पनि जित निकाल्न सहज रहेको बताउँछन् ।
कांग्रेसको बलियो आधार रहेको यो क्षेत्रमा थप पाँच दलको साथ रहेकाले चुनाव जित्ने श्रेष्ठको दाबी छ । मतका आधारमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुनुपर्ने हो । तर युवामा देखिएको परिवर्तनका कारण रवि लामिछानेले कांग्रेसका श्रेष्ठ र एमालेका पोखरेललाई टक्कर दिइरहेका छन् । चुनाव हो अन्तिमसम्म यस्तै हुन्छ भन्न सकिन्न । पोखरेलले विकासको गफ दिएको १० वर्ष बितिसक्यो ।
तर केही गर्न सकेनन् । रवि गुलियो नारासहित आएका छन् । उनले विकासका गफ दिने गरेका छन् । तर, संसदमा उनी एक्लै पुगेर हुने केही होइन । त्यसैले गफ र भाषण होइन, काममा विश्वास गर्ने र विकासका योजना लगिरहने श्रेष्ठले चितुन् भन्ने चितवन २ का मतदाताको आकांक्षा छ ।
उनले आफू देश धनी बनाउन राजनीतिमा आएको बताउने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।