आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

रवि लामिछानेले उमेश श्रेष्ठमाथि गरेको त्यो घात

रवि लामिछानेले उमेश श्रेष्ठमाथि गरेको त्यो घात

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 4.3K
    SHARES

  • रवि लामिछानेले उमेश श्रेष्ठमाथि गरेको त्यो घात

    काठमाडौं - राजनीति भन्ने चिज बडो निर्मम हुँदो रहेछ भन्ने तथ्य फेरि एकपटक पुष्टि भएको छ ।

    दुई वर्षअघिसम्म नेपालमा कोरोना महामारीको चपेटामा थियो । सर्वसाधारण जनताले उपचारमात्र होइन, परीक्षणसमेत भनेको समयमा नपाउँदा अवस्था निकै भयावह भएको थियो । सरकारी अस्पतालमा उपचार गर्ने ठाउँ थिएन ।

    निजी अस्पताल पनि भरिभराउ थिए । त्यसबेला रवि लामिछाने ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनको तयारीमा थिए । उनले न्युज२४ छाडिसकेका थिए ।

    रविले बालाजुस्थित जनमैत्री अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न सहज बनाउने भन्दै नेतृत्व लिए । जनमैत्री अस्पताल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठको स्वामित्वमा रहेको छ ।

    सर्वसाधारण जनताको उपचारमा सहजता होस्, कसैको पनि अकालमा ज्यान नजाओस् भनेर श्रेष्ठले रविलाई निःशुल्क अस्पताल चलाउन दिए । श्रेष्ठ शिक्षासेवीका साथै समाजसेवाी पनि हुन् ।

    जनमैत्री अस्पतालमा अक्सिजनसहितको सेवा सहज ढंगले केही समय उपलब्ध भएपछि रविको हाईहाई भयो । जनतामा उनको समाजसेवाको प्रभाव पर्यो । तर रविले श्रेष्ठले भने अस्पताललाई दुरुपयोग गरे ।

    अक्सिजन सेवा उपलब्ध गराउने नाममा उनले धेरै पैसा असुलेको त्यतिबेलै समाचार आएको थियो । अहिले तिनै रवि चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठसँग प्रतिस्पर्धा गरिरहेका छन् । रविले चितवन ३ मा आफू उठ्ने भन्दै धेरै अघिदेखि प्रचार प्रसार गरेका थिए ।

    नेता श्रेष्ठलाई पनि सहयोग गर्न भनेका थिए । तर, अन्तिम समयमा आएर रविले श्रेष्ठमाथि ठूलो घात गरे । अर्थात् ससुरा उद्धव पौड्यालका साथी विक्रम पाण्डेलाई जिताउन उनले चितवन ३ छाडेर अन्तिममा चितवन २ मा उम्मेदवारी दर्ता गरे ।

    रविको यो छलकपटप्रति नेता श्रेष्ठ आश्चर्यमा परेका छन् । चितवन २ मा उम्मेदवारी दर्ता गरेपछि रविले फोनसमेत नउठाएको बुझिएको छ । अहिले कांग्रेस नेता श्रेष्ठ रविको त्यो घात सम्झेर अबदेखि कसैलाई पनि त्यत्तिकै विश्वास गर्न नहुने निष्कर्षमा पुगेका छन् ।

    चितवन २ मा श्रेष्ठ, लामिछानेका साथै एमालेका कृष्णभक्त पोखरेल पनि उम्मेदवार बनेका छन् । लामिछाने जुनसुकै हालतमा जित चाहन्छन् । तर कांग्रेस र माओवादीको मत मात्रै सुरक्षित हुन सकेमा श्रेष्ठले चुनाव जित्ने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २३ २०७८०९:५८:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend