आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

गुल्मीका प्रभावशाली नेता गौतम झाँक्री क्याम्पमा पुगेपछि गोकर्णलाई धक्का

गुल्मीका प्रभावशाली नेता गौतम झाँक्री क्याम्पमा पुगेपछि गोकर्णलाई धक्का

  • मिडिया डबली
  • सोमवार, कार्तिक २१ २०७९

  • 5.5K
    SHARES

  • गुल्मीका प्रभावशाली नेता गौतम झाँक्री क्याम्पमा पुगेपछि गोकर्णलाई धक्का

    काठमाडौं - एमाले र एकीकृत समाजवादीका सचिवबीचको भिडन्तले गुल्मी २ मा चुनावी माहोल रोचक बन्दै गइरहेको छ ।

    यो क्षेत्रबाट विष्टले लगातार चुनाव जित्दै आएका छन् । तर यसपटक उनकै सहयात्री रामकुमारी झाँक्री प्रतिस्पर्धामा उत्रिएपछि अवस्था रोचक बनेको हो ।

    यहीबेला एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मीका प्रभावशाली नेता शेषकान्त गौतमले गोकर्णको साथ छाडेका छन् । उनी रामकुमारीको क्याम्पमा पुगेका छन् ।

    शेषकान्तले एमालेलाई मत नदिन भन्दै विज्ञप्ति नै जारी गरेका छन्। उनले सत्तारुढ गठबन्धनकी उम्मेदवार झाँक्रीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    यसले विष्टलाई ठूलो धक्का लाग्ने देखिएको छ । गौतमले एमालेका सचिव विष्ट नैतिक रुपमा पतन भइसकेको भन्दै निर्वाचनमा उनलाई समर्थन र सहयोग गर्न नसकिने आरोप लगाएका छन् ।

    नेकपा विभाजनका क्रममा माधवकुमार नेपाललाई उचालेर आफू पछि हटेपछि जिल्लामा आएर आत्मआलोचना समेत नगरेका विष्टलाई समर्थन र सहयोग गर्न नसकिने स्पष्ट पारेका छन् ।

    फरक पार्टीका उम्मेदवार झाँक्रीलाई समर्थन र सहयोग गर्ने घोषणा गरेका उनले पार्टी परित्याग भने नगरेको उल्लेख गरेका छन् । रामकुमारीलाई सहयोग गरेकै कारण पार्टीले कारबाही गरे भोग्न तयार रहेको उनले बताएका छन् ।

    विष्टको विपक्षमा उभिएका शेषकान्तले गुल्मेली चेली भन्दै रामकुमारीलाई मतदान गर्न अपिलसमेत गरेका छन् । ‘कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन सम्पूर्ण गुल्मेलीहरूलाई आग्रह गर्दछु,’ उनले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend