आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौं १ मा रवीन्द्र मिश्र र पुकार बमबीच भित्रभित्रै साँठगाँठ, प्रकाशमान ढुक्क

काठमाडौं १ मा रवीन्द्र मिश्र र पुकार बमबीच भित्रभित्रै साँठगाँठ, प्रकाशमान ढुक्क

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १८ २०७९

  • 7.0K
    SHARES

  • काठमाडौं १ मा रवीन्द्र मिश्र र पुकार बमबीच भित्रभित्रै साँठगाँठ, प्रकाशमान ढुक्क

    काठमाडौं - यतिबेला काठमाडौं १ मा चुनावी प्रतिस्पर्धालाई महाभिडन्तको संज्ञा दिइएको छ । विगतमा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई र एमाले महासचिव मदन भण्डारीबीच प्रतिस्पर्धा भएको यो क्षेत्रमा देशभरकै नजर परेको छ ।

    यो निर्वाचन क्षेत्रबाट लगातार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएका छन् । जम्मा चारवटा वटा र करिब ४७ हजार मतदाता रहेको यो निर्वाचन क्षेत्रमा देशभरमध्येकै सबैभन्दा बढी शिक्षित मतदाता बस्छन् ।

    त्यसैले गर्दा पनि यहाँको जनमत कतातिर जान्छ भन्ने सबैको चासो छ । प्रकाशमानले काठमाडौं १ बाट लगातार तीनवटा चुनाव जितेका छन् । ०६४, ०७० र ०७४ को निर्वाचन जितेर ह्याट्रिक गरेका सिंह चौथो जितको खोजीमा छन् ।

    यसपटक उनीसँग एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीबाट रमेश खरेललगायत प्रतिस्पर्धामा छन् । त्यसैले काठमाडौं १ को निर्वाचनलाई महाभिडन्तको संज्ञा दिइएको हो ।

    अलि अघिसम्म काठमाडौं १ मा चारपक्षीय भिडन्त हुने बताइएको थियो । तर, अहिले त्रिपक्षीय भिडन्त हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र राप्रपा उम्मेदवार रवीन्द्र मिश्रबीच भित्रभित्रै साँठगाँठ भइरहेको बुझिएको छ ।

    त्यही भएर अहिले बम त्यति सक्रिय देखिएका छैनन् । मिश्र यसअघि पराजित भएको बदला लिन चाहन्छन् । अघिल्लो निर्वाचनमा मिश्र सिंहसँग करिब आठ सय मतले पराजित भएका थिए । त्यसबेलाको जस्तो लोकप्रियता उनको अहिले छैन ।

    पूर्वपञ्चको पार्टीबाट उठेकाले उनीसँग मतदाता रुष्ट भएका छन् । राजावादी पार्टीलाई संसदमा लैजानुभन्दा बरु कांग्रेसकै प्रभावशाली नेतालाई प्रतिनिधिसभामा गएको देख्न चाहन्छन् त्यहाँका मतदाता ।

    यसपटक पनि चुना जित्ने उद्देश्यसहित कांग्रेस नेता सिंहले चुनावी अभियान सुरु गरेका छन् । उनले शुक्रबार बिहान पुरानो बानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् ।

    अभियान सुरु गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई मजबुत बनाउन, संविधानको रक्षा गर्न वाम–लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताए ।

    अहिलेको गठबन्धनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्थालाई थप मजबुत बनाउँदै देशमा राजनीतिक स्थिरता ल्याउने दाबी उनले गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १८ २०७८११:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend