आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मतदातासँग प्रदीप पौडेलले गरे यस्तो प्रतिबद्धता, काठमाडौं–५ मा खुसियाली

मतदातासँग प्रदीप पौडेलले गरे यस्तो प्रतिबद्धता, काठमाडौं–५ मा खुसियाली

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १५ २०७९

  • 3.4K
    SHARES

  • मतदातासँग प्रदीप पौडेलले गरे यस्तो प्रतिबद्धता, काठमाडौं–५ मा खुसियाली
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    चुनाव प्रचारप्रसारको क्रममा मतदाताहरुले ‘ब्रेन ड्रेन’ को समस्याको सवाल उठाएपछि नेता पौडेलले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
    मंगलबार घरदैलो अभियानका क्रममा नेता पौडेलले नेपालको मुख्य समस्या ब्रेन ड्रने रहेको र आफूले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

    ‘मैले यसअघि नै बिसिडी मोडल तयार ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ उनले भने, ‘त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।’ 

    त्यसैगरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको सुनिश्चितता कायम गर्ने बताए । 

    ‘वैदेशिक रोजगारीलाई कतिपयले समस्याको रुपमा हेरेको छन्, तर त्यो हाम्रा युवायुवतीहरुको बाध्यता हो । देशमै केही गरेर रोजगारी दिने कुरामा म सधैँ प्रतिबद्ध छु ।’ नेता पौडेलले भने । 

    नेता पौडेल मंगलबार काठमाडौं महानगरपालिका वडा नं २ अन्तर्गत ग्रैरीधारा लगायतका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ११ २०७९०८:००:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend