आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीकै हावाले छोयो राजेन्द्र लिङ्देनलाई, गरे एमालेभन्दा धेरै सिट जित्ने दाबी

ओलीकै हावाले छोयो राजेन्द्र लिङ्देनलाई, गरे एमालेभन्दा धेरै सिट जित्ने दाबी

  • मिडिया डबली
  • सोमवार, कार्तिक ७ २०७९

  • 3.1K
    SHARES

  • ओलीकै हावाले छोयो राजेन्द्र लिङ्देनलाई, गरे एमालेभन्दा धेरै सिट जित्ने दाबी

    काठमाडौं-  नेपालीमा एउटा उखान चर्चित छ, संगत गुणाको बुद्धि बीऊ गुणाको फल । अहिले यो उखान ठ्याक्कै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमा चरितार्थ भएको छ । गत स्थानीय निर्वाचनमा झापाको दमक नगरपालिकामा आफ्ना मेयरका उम्मेदवार जिताउन कांग्रेस, माओवादीसँग तालमेल गरेका लिङ्देन अहिले आफू सांसद बन्न एमालेसँग सहकार्य गर्न पुगेका छन् । उनको संगत अहिले एमाले अध्यक्ष केपी ओलीसँग छ । त्यही भएर उनमा ओलीको बोलीको प्रभाव देखिन थालेको छ ।

    ओलीले आगामी निर्वाचनमा एमालेले प्रत्यक्षमा एक सय र समानुपातिकमा ५० सिट जित्ने दाबी गरेका छन् । अहिले यही बोली लिङ्देनमा ठ्याक्कै देखिएको छ । आमचुनाव २०७९ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका १६५ निर्वाचन क्षेत्रमध्ये १४३ क्षेत्रमा उम्मेदवारी दिएको छ । जसमध्ये तीनजनाले एमालेको समर्थन पाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा देशभरका वडामा तीन लाख ४२ हजार ७८२ मत पाएको राप्रपाका अध्यक्ष लिङ्देनले यो चुनावमा आफ्नो पार्टीलाई पहिलो दाबी गरेका छन् । वडामा साढे तीन लाख मत पाएको राप्रपाले आगामी निर्वाचनमा ५० सिट समानुपातिकमा कसरी जित्ला ?

    तर, राप्रपा अध्यक्ष लिङ्देनले आइतबार आयोजित कार्यक्रममा भने– ‘हाम्रो प्रतिस्पर्धा एमालेसँग मात्र हो । राप्रपासँग प्रतिस्पर्धा गर्ने हैसियत अरु दलको छैन । हामी समानुपातिकमा ५० सिट जित्छौं ।’ उनको यो दाबी सुनेर अहिले देशभरि चर्चा हुन थालेको छ– ‘लिङ्देनलाई पनि ओलीकै हावाले भेट्यो कि क्या हो’ भनेर । समानुपातिकमा एक सय १० सिट मात्र छ । एमालेले ५० र राप्रपाले ५० जित्दा कांग्रेसलगायत अरु दलको भागमा कति पर्ला ? त्यही भएर अहिले लिङ्देनको अभिव्यक्ति ओलीकै फोटोकपी भनेर चर्चा हुन थालेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend