आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारको रक्षाका लागि टोलटोलमा छुट्टै ‘सेना’ बनाउन युवालाई महेश बस्नेतको निर्देशन

ओली सरकारको रक्षाका लागि टोलटोलमा छुट्टै ‘सेना’ बनाउन युवालाई महेश बस्नेतको निर्देशन

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 10.8K
    SHARES

  • ओली सरकारको रक्षाका लागि टोलटोलमा छुट्टै ‘सेना’ बनाउन युवालाई महेश बस्नेतको निर्देशन

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध प्रचार गर्नेलाई ‘तह लगाउन’ टोलटोलमा छुट्टै ‘साइबर सेना’ गठन गर्न युवालाई निर्देशन दिएका छन् ।

    नवलपुरको गैंंडाकोटमा शनिवार दिउँसो भएको युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले ‘साइबर सेना’ बनाएर ओली सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएका छन् ।

    विपक्षीहरूले सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाएको दाबी गर्दै नेता बस्नेतले योजनावद्ध रूपमा सामाजिक सञ्जालमा सरकारको बदनाम भइरहेको दाबी गरेका छन् । तर बस्नेतकै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै ओलीका कर्तुत पर्दाफास हुने गरी पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

    सरकारले विकास र सुशासनका लागि काम गरिरहेको दाबी गर्दै बस्नेतले गलत प्रचारबाजी भइरहेको जिकिर गरेका छन् । ओली सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई जनतामाझ लैजान समेत युवाहरुले भूमिका खेल्नुपर्नेमा बस्नेतले जोड दिएक छन् ।

    नेकपाभित्र अनेक दाउपेच र कुण्ठाका शृंखलाहरु देखिएको भन्दै नेता बस्नेतले त्यो कसैको हितमा नभएको बताएका छन् ।

    आगामी महाधिवेशनसम्म बहुमत वा अल्पमतको नाममा छिनोफानो नगर्ने निर्णय प्रचण्ड र ओलीबीच भएको बस्नेतले दाबी गरेका छन् । ओली पक्षीय नेताहरू आफ्नो गुट बलियो बनाउन यतिबेला जिल्ला दौडाहामा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend