काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता महेश बस्नेतले मृत्युतुल्य भइसकेको माओवादीलाई ओलीले उद्धार गरेको योगदान प्रचण्डले बिर्सेको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मृत्युतुल्य भइसकेको तत्कालीन माओवादीलाई ओलीले उद्धार गरेको दाबी गरे ।
‘माओवादी तहसनहस भइसकेको थियो । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो,’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’
प्रचण्डले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको नेता बस्नेतले बताए ।
कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गए पनि ठग्ने काम मात्रै गरेका छन्,’ पौडेलले भने, ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’
लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको पौडेलको आरोप छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।