आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

ओलीलाई कारबाही गर्छु भनेपछि महेश बस्नेतको गर्जन : आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला

ओलीलाई कारबाही गर्छु भनेपछि महेश बस्नेतको गर्जन : आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 5.9K
    SHARES

  • ओलीलाई कारबाही गर्छु भनेपछि महेश बस्नेतको गर्जन :  आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला

    काठमाडौँ - नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटको षड्यन्त्र गरेको बताएका छन्।

    सोमबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत उनले प्रचण्ड र माधवकुमार नेपालनिकट स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेपछि ओलीनिकट नेता बस्नेतले यस्तो बताएका हुन्।

    उनले अध्यक्ष दाहाललाई घरमा (पार्टी) पाहुना लाग्न आएको आरोप लगाएका छन्। 'घरमा पाहुना लाग्न आएका व्यक्तिले छोराछोरीमध्येको लोभी पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरेबापत घरधनीलाई घरबाट निकालेको जस्तै नौटंकी हो।

    यो कथित स्थायी कमिटीरुपी प्रचण्ड गुटको षड्यन्त्र' उनले भनेका छन्। प्रधानमन्त्री ओली अध्यक्ष दाहालभन्दा राजनीतिमा १० वर्ष पहिले लागेको उनले दाबी गरेका छन्। प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कारबाही गर्ने कुरा प्रचण्डको हैसियत नपुग्ने जिकिर गरेका छन्।

    उनले कारबाही कसले कसलाई गर्छ समयले बताउने बताएका छन्। 'के पी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्षपछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्व-एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्वाही रे! विश्वको सबैभन्दा ठूलो प्रहसन मञ्चन हुदैछ' उनले भनेका छन् 'चार्ली चाप्लिङ्ग माथ खाने भए अब।

    आउँदो चुनाव पछाडी प्रचण्डको हैसियत हेरौँला।' 'कारबाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला। अनि कार्वाही कसले कसलाई गर्छ समयले बताउने छ। आकाश तिर फर्केर थुक्दैछौ थुक तिम्रै मुखमा पर्नेछ। तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपी गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिने छन' उनले भनेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend