काठमाडौं– नेपाली कांग्रेसका युव नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ। काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधबार बूढानीलकण्ठमा भेटघाट भएको हो।
घरदैलो अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ। मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए।
‘बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’
ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ ९आचार्य०ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।
पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।