काठमाडौं - रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत बनेका जसपा शुद्धोधनका अध्यक्ष भरथरी यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
उनलाई आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले पार्टी प्रवेशको टीका लगाई स्वागत गरेका हुन् । गत स्थानीय तह निर्वाचनमा उनी शुद्धोदन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका थिए ।
शुद्धोधन गाउँपालिका वडा नम्बर–५ का स्थानीय बासिन्दा यादव शुद्धोधनमा राम्रो प्रभाव भएका नेता हुन् । उनी जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए । रुपन्देहीकै प्रभावशाली नेता कांग्रेस प्रवेश गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई ठूलो झड्का लागेको छ ।
उपेन्द्र यादव सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न गएपछि तराईका जिल्लामा जसपा छाड्नेको लहर सुरु भएको छ । यसअघि शनिबार रुपन्देहीभरिबाट एक सयभन्दा बढी युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
निर्वाचन नजिकिएसँगै गृहमन्त्री खाँणले प्रचारप्रसार र पार्टी प्रवेशलाई तीव्रता दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।