आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणलाई लाग्यो चुनाव, खोले कार्यालय 

गृहमन्त्री खाँणलाई लाग्यो चुनाव, खोले कार्यालय 

  • sobiztrend
  • सोमवार, आश्विन १० २०७९

  • 3.5K
    SHARES

  • गृहमन्त्री खाँणलाई लाग्यो चुनाव, खोले कार्यालय 

    बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको बताएका छन् ।

    रुपन्देहीको भैरहवामा सोमबार आफ्नो निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकामा रोष प्रकट गरे ।

    प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र संविधानविपरीत काम गरेको खाँणले टिप्पणी गरे ।

    ‘संविधानको पालना सबैले गर्नुपर्छ’, खाँणले भने, ‘नागरिकको जीवनसँग संवेदनशील रहेको विषयमा प्रहार भएको छ, सत्ता गठबन्धन एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ ।’

    अहिलेको सत्ता गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने तर्क गर्दै खाँणले कांग्रेसमा उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने पुष्टि भएको तर्क गरे ।

    राज्य कोष वचत गर्न सरकारले एकै चरणमा चुनाव गर्न लागेको भन्दै उनले चुनाव निष्पक्ष र धाँधलीरहित हुने दावी गरे ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend