काठमाडौं– स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ ।
सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले स्रोतमै फोहोर वर्गीकरण गरेर उठाउन चासो दिएको छैन ।
महानगरपालिकाको फोहोर छुट्याएर नराख्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको थियो । ‘फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ । फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको हो,’ ९ असार जारी सूचनामा भनिएको थियो ।
महानगरले आइतबार र बुधबार नकुहिने फोहोर संकलन गर्ने तालिका बनाएको थियो । सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका दिइएको थियो ।
सूचनाअनुसार धैरै महानगरबासीले फोहो छुट्याउन सुरु गरिसकेका थिए । तर, महानगरले तालिकाबमोजिक फोहोर नउठाएपछि अहिले फोहोर छुट्याउन सुरु गरेकाहरुले पनि मिसाएर फोहोर संकलन गर्न थालेका छन् ।
मेयर बालेन्द्र साह (बालेन) आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक र्याली र कार्यक्रमहरुमा सहभागी भएका थिए । मेयर बालेन सहित वडाध्यक्षहरुको टोलीले टोल(टोलमा गएर कुुहिने फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध गरेको थियो ।
तर, नियमित रुपमै फोहोर उठाउन सकस भएपछि महानगरले स्रोतमै फोहोर वर्गीकरण गराउने अभियानमा चासो दिएको छैन । अतिक्रममित संरचना हटाउन जोडबल गरिरहेको महानगरले फोहोर व्वस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएपनि फिल्डमा त्यसअनुरुपको पहलकदमी देखिएको छैन ।
अहिले नियमित रुपमा फोहोर उठेपनि स्रोतमा वर्गीकरण नभएकाले ‘मिश्रति फोहोर’ नै बञ्चरेडाँडामा पुगेको छ । ७ वटा वडाको केही स्थानमा मात्रै वर्गीकरण भएको फोहोर संकलन हुने गरेको काठमाडौं महानगरपालिकाको वातावारण विभागको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।