आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पल शाहले पाए सफाइ, देशैभर खुसियाली !  

पल शाहले पाए सफाइ, देशैभर खुसियाली !  

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९

  • 6.0K
    SHARES

  • पल शाहले पाए सफाइ, देशैभर खुसियाली !  

    काठमाडौं–  अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो । जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । बलात्कार आरोपकै अर्को मुद्दा तनहुँमा विचाराधीन भएकाले उनी जिल्ला कारागार तनहुँमा थुनामा छन् ।

    बिहीबार तयार भएको नवलपुर जिल्ला अदालतको फैसलाको पूर्णपाठमा पीडित किशोरीले बयान फेरेकै कारण पललाई बलात्कार मुद्दामा दोषी ठहर गर्न नसकिने उल्लेख छ । पलविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको थियो । १५ फागुनमा नवलपुरमा त्यही आरोपमा अर्को जाहेरी पर्यो । जिल्ला अदालत, नवलपुरले शाहलाई बलात्कारको आरोपमा सफाइदिएको त्यही मुद्दामा हो ।


    पीडितले ‘मौकामा कागज गर्दा प्रष्ट रूपमा किटान नगरी कागज गरे पनि अदालतसमक्ष आई बकपत्र गर्दा सुरुमा गरेको कागजको व्यहोरा आफ्नो होइन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन’ भनेकी थिइन् । आफ्नो विषयमा नकारात्मक समाचार आएकाले बाबुले जाहेरी दिएको बयान दिएकी उनले कन्याजालीमा दाग देखिनुको कारणतर्फ संकेत गर्दै सानो उमेरमा साइकल चलाउने गरेको बताएकी थिइन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १९ २०७९०८:३५:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend