काठमाडौं - अभिनेता पल शाहविरुद्ध महिलाको बात लागेपछि नेपाली चलचित्र उद्योगमा सन्नाटा छाएको छ ।
पैसा र लोकप्रियताका नाममा नेपाली कलाकारले निर्दोष किशोरीको इज्जतमाथि कसरी धावा बोल्दैछन् भन्ने उदाहरण पल शाहविरुद्ध प्रहरीमा परेको किटानी जाहेरीले प्रस्ट पारेको छ ।
पछिल्लो समय पल शाह चलचित्र र मोडलिङ क्षेत्रमा निकै व्यस्त थिए । पैसा कमाएपछि उनले आफूलाई रियल हिरो भनेरसमेत प्रचार गराउन थालेका थिए ।
तर, उनको भित्री स्वार्थ के रहेछ भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरेको छ । उनको स्टारडमकै कारण धेरै निर्माता निर्देशकले करोडौं रुपैयाँ दाउमा लगाएका थिए । त्यसैमध्येकी एक हुन् पूजा शर्मा ।
पूजाले सुदर्शन थापासँग मिलेर ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेका थिए । जुन चलचित्र भोलि शुक्रबारदेखि रिलिज हुने तय थियो ।
बुधबार बेलुका कीर्तिपुरस्थित नरेन्द्र महर्जनको हलमा चलचित्रको प्रिमियर पनि गरिएको थियो । तर, पल शाह प्रिमियरमा पुगेनन् ।
आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि पल प्रिमियरमा नपुगेका हुन् । अहिले उनलाई प्रहरीले खोजी गरिरहेको छ । पलको काण्डका कारण निकै तनावमा अहिले निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा परेकी छन् ।
बालिका जबर्जस्तीकरणी अभियोगमा उजुरी परेपछि पल शाहको क्रेज स्वाट्टै घट्ने चिन्ताले पूजा शर्मा तनावमा परेकी छन् । चलचित्रमा करोडभन्दा बढी लगानी परेको छ । त्यो लगानी नउठ्ने भन्ने चिन्तामा उनमा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।