काठमाडौँ- नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ ।
बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा इभी एक्पो २०२२ मा सहभागी हुँदै आफ्ना ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउने भएको हो ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ ।
यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी-१२ मा ग्राहकलाई तत्काल ऋण मूल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।