आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनलाई ७ लाख ५० हजार जरिवाना, के हो कारण?

बालेनलाई ७ लाख ५० हजार जरिवाना, के हो कारण?

  • मिडिया डबली
  • सोमवार, आश्विन ३ २०७९

  • 3.6K
    SHARES

  • बालेनलाई ७ लाख ५० हजार जरिवाना, के हो कारण?

    काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सहित ६ वटै महानगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई साढे ७ लाखका दरले जरिवाना तोकेको छ ।

    आयोगको शुक्रबार बसेको बैठकले महानगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई साढे ७ लाखका दरले जरिवाना तिराउने निर्णय गर्दै खर्च विवरण नबुझाउने जनप्रतिनिधि तथा सबै उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

    ६ वटै महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये खर्चको विवरण नबुझाउनेमा काठमाडौं महानगरपालिका प्रमुख शाहसँगै उपप्रमुख सुनिता डंगोल, भरतपुर महागनरपालीकाकी प्रमुख रेणु दाहाल तथा उपप्रमुख चित्रसेन अधिकारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला तथा उपप्रमुख शिल्पा कार्की, विरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह तथा उपप्रमुख इस्तियाज आलम र पोखराका प्रमुख धनराज आचार्य रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend