आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँण एक्सनमा उत्रिएपछि ५९ जना पीडित मिटरब्याजीबाट मुक्त, चौतर्फी खुसियाली 

गृहमन्त्री खाँण एक्सनमा उत्रिएपछि ५९ जना पीडित मिटरब्याजीबाट मुक्त, चौतर्फी खुसियाली 

  • मिडिया डबली
  • सोमवार, भाद्र २७ २०७९

  • 4.5K
    SHARES

  • गृहमन्त्री खाँण एक्सनमा उत्रिएपछि ५९ जना पीडित मिटरब्याजीबाट मुक्त, चौतर्फी खुसियाली 

    काठमाडौं । मिटरब्याजीहरुलाई नियन्त्रण गर्न सरकारले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाणँलाई कार्यदलका संयोजक डा।भीष्मकुमार भुसालले मिटरब्याजी–पीडितको अवस्थाका साथै विभिन्न ३२ वटा सुझाव समेटिएको प्रतिवेदन बुझाएका हुन् । 

    कार्यदलले काम थालेको १ महिना अवधिमा ५९ जना मिटरब्याज पीडितलाई मुक्त गराउन सफल भएको छ । गत भदौ ७ गतेदेखि २६ गतेसम्म ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भइरहेको कार्यदल संयोजक डा।भुसालले रातोपाटीलाई जानकारी दिए । यो अवधीमा २ हजार २८९ मिटरब्याज पीडितले उजुरी गरेका छन् । सरकारले दिएको एक महिनाको समयमा काम सम्पन्न गरेर प्रतिवेदन बुझाइएको उनले बताए । 


    अझै पनि पीडितहरुले उजुरी दर्ता गर्ने क्रम बढिरहेको उनको भनाई छ । कार्यदलले उजुरी आह्वान गरेपछि १ हजार ९३७ उजुरी परेकोमा हिजोसम्म उजुरी थपिएर २ हजार २८९ उजुरी परेको उनले बताए । अहिले ती उजुरीमाथि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले संयुक्त रुपमा काम गरिरहेका छन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend