आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले गर्यो लाजामर्दो निर्णय, महेश बस्नेतलाई गाली गर्नेलाई कारबाही गर्न माग 

एमालेले गर्यो लाजामर्दो निर्णय, महेश बस्नेतलाई गाली गर्नेलाई कारबाही गर्न माग 

  • मिडिया डबली
  • बिहिवार, भाद्र १६ २०७९

  • 7.3K
    SHARES

  • एमालेले गर्यो लाजामर्दो निर्णय, महेश बस्नेतलाई गाली गर्नेलाई कारबाही गर्न माग 

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्‍नेतलाई गाली गर्नेहरुलाई कारबाही गर्ने नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले माग गरेको छ। नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महेश बस्‍नेतको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्‍जालमा भ्रम फैलाइएको उल्लेख गरिएको छ।

    यसअघि सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महेश बस्‍नेतले भनेका थिए, ‘देशीविदेशी तत्वहरु रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा सल्बलाउन थालेको छन्। उनीहरुलाई सकभर मुखले सम्झाउनुस्, सम्झेनन् भने हातगोडा जेले भए पनि सम्झाउनुस्। परेको पार्टीले बेहोर्छ।’

    उनले बालेनले अनधिकृत संरचना भत्काउन चालेको कदमप्रति पनि आक्रोश व्यक्त गरेका थिए। उनको उक्त अभिव्यक्तिको अर्को दिन सामाजिक सञ्‍जालमा महेश बस्‍नेतलाई स्थानीयले लखेटेको भन्दै अर्को भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो भने महेश बस्‍नेतको थिएन।

    उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै बस्‍नेतले बुधबार आफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै कानुनी उपचार खोज्‍ने बताएका थिए। बिहीबार पार्टीका  भक्तपुर अध्यक्ष देउजाले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पार्टी नेतृत्वको दुष्प्रचार गर्नु अराजक जत्थाको रणनीति भएकोले आम पार्टीका कार्यकर्ता र जनसमुदायले सचेततापूर्वक आ–आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको सशक्त प्रतिरोध गर्न तथा अपराधिक क्रियाकलापमा संलग्‍नलाई कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ११ २०७७०८:००:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend