आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कार्यपालिका बैठकमा बालेनले गरे यस्तो प्रस्ताव, नयाँ निर्णयले के फरक पार्छ? 

कार्यपालिका बैठकमा बालेनले गरे यस्तो प्रस्ताव, नयाँ निर्णयले के फरक पार्छ? 

  • मिडिया डबली
  • आइतवार, भाद्र १२ २०७९

  • 3.2K
    SHARES

  • कार्यपालिका बैठकमा बालेनले गरे यस्तो प्रस्ताव, नयाँ निर्णयले के फरक पार्छ? 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एक–एक जना इन्जिनियर, एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने प्रस्ताव पारित गरेको छ ।

    हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर राख्ने मेयर बालेन साहले बताए । वडा क्लिनिकमा चिकित्सकलाई सहयोग गर्न एक जना नर्स रहने उनले बताए । जनरल फिजिसियन डाक्टर राखेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह दिन र कुनै समस्याको तत्काल उपचार गर्न सक्ने उनको भनाइ छ ।

    त्यस्तै हरेक वडामा हुने विकास निर्माणको अनुगमनका लागि इन्जिनियर पनि करारमा राख्ने भएको छ । यस वर्ष वडामा बजेट वृद्धि गरिएको र त्यहाँ हुने विकास निर्माणको काम अनुगमन गर्न इन्जिनियर चाहिने मेयर बालेनले बताए । उनको प्रस्तावलाई नगर कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

    यस्तै फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई दैनिक ५ सय रुपैयाँ भत्ता दिने पनि महानगरको कार्यपालिका बैठकले निर्णय गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend