काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अल्फाबिटा कम्प्लेकेसमा डाेजर चलाउँदा एमालेबाट विजयी उपमेयर सुनिता डङ्गाेल बेपत्ता बनेकी छन् ।
केपी ओली प्रधानमन्त्री छँदा उनकै आदेश तथा संरक्षणमा माफियाहरुले सरकारी जग्गा मिचेर काठमाडौंका विभिन्न ठाउँहरूमा बनाएका अवैधानिक संरचनाहरु मेयर बालेन साहले डोजर लगाएर भत्काउँदै गर्दा एमाले पार्टीबाट निर्वाचित उपमेयर सुनिता डंगोल भने बेपत्ता बनेकी हुन् ।
सुनिता बिहीबार घटनास्थलमा गइनन् । जब मेयर बालेनले काम फत्ते गरे तब उनी मेयरलाई लिएर तीजकाे दर खान राष्ट्रिय सभा पुगेकी थिइन् । जहाँ मेयर बालेन मज्जाले नाचेका थिए । अल्फाबिटा कम्प्लेक्स एमाले निकट द्विराज शर्माकाे भएकाले उनी त्यहाँ नगएकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।