काठमाडौं । काठमाडौं उपत्यकामा पार्किङको लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा प्रयोग भएका भवनहरुले पार्किङ निर्माण गर्न लागेको सूचना टाँस गर्न थालेका छन् । आज काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नयाँ बानेश्वमा रहेको अल्फाबिटाको अस्थाइ संरचना आफै बसेर भत्काएका थिए ।
अहिले काठमाडौंको बानेश्वरमा रहेको युएफओ भएको भवनले काठमाडौं महानगरको सूचनालाई अनुसरण गर्दै अण्डरग्राउण्ड पार्किङ मर्मत भइरहेको बताएको छ । सो भवनमा मन्जुश्री फाईनान्स र एनसीसी बैंक रहेको छ ।
‘महानगरको सूचनालाई अनुसरण गर्दै अण्डर ग्राउन पार्किङ मर्मत भहिरहेको छ,’ सूचनामा उल्लेख छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० अवैधरुपमा बनेका संरचनाहरु हटाउन एक्सनमा उत्रिएका छन् । महानगरभित्रका व्यापारिक भवनमा आफैं पुगेर उनले एक्सन लिन थालेपछि सामाजिक सञ्जालमा निकै सह्राहना भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।