आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रोकिने छाँटकाँट छैन बालेनको, एमाले केन्द्रमै पुगेर खनिए सञ्चालकमाथि

रोकिने छाँटकाँट छैन बालेनको, एमाले केन्द्रमै पुगेर खनिए सञ्चालकमाथि

  • मिडिया डबली
  • बिहिवार, भाद्र ९ २०७९

  • 14.8K
    SHARES

  • रोकिने छाँटकाँट छैन बालेनको, एमाले केन्द्रमै पुगेर खनिए सञ्चालकमाथि

    काठमाडौं - मेयरमा निर्वाचित भएको चार महिनापछि बालेन्द्र साह बालेनले आफ्नो गति बढाएका छन् । सिभिल इन्जिनियरसमेत रहेका बालेन अहिले काठमाडौं महानगरपालिकाभित्र बनेका अवैध संरचना हटाउन लागिपरेका छन् ।

    यसअघि निःशुल्क शौचालय र फोहोर व्यवस्थापनको काम गरेका बालेन अहिले अवैध संरचना ध्वस्त गर्ने गरी हिँडेका छन् । बुधबार एकैदिन बबरमहल, सुन्धारा, न्युरोड, दरबारमार्गमा एक्सन चालेका बालेन बिहीबार शंखमूल, नयाँ बानेश्वर र कोटेश्वर पुगेका थिए ।

    अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ । कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर मेयर बालेन कम्प्लेक्सका संञ्चालक द्विराज शर्मासँग झोक्किए।

    ३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै निर्देशक शर्मासँग मेयर शाहले, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?’ भन्दै कराएका थिए ।

    व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा सञ्चालक शर्माले नमानेपछि मेयर साह झोक्किएका हुन् । द्विराज शर्मामा एमाले अध्यक्ष केपी ओलीका नातेदार हुन् । एमालेका हरेक गतिविधि अल्फाबिटामा हुने गरेको छ । एमालेका सभा सेमिनार गोष्ठी हुँदा अल्फाबिटाले पैसा लिँदैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend