काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको बताएका छन्।
स्थापितले प्रकाशमानको माहोल बनाउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ अघिअघि लाग्ने र काठमाडौंका मेयर पछि लाग्ने भइरहेको बताए। उनले बानेश्वर प्लाजाको संरचना भत्काएर र नर्भिक अस्पतालका संरचना हटाउन खोजेर प्रकाशमानका लागि माहोल बनाएको आरोप लगाएका हुन्।
‘बानेश्वर, थापाथली भनेको प्रकाशमानको क्षेत्र हो,’ स्थापित भन्छन्, ‘दीपेन्द्रले जहाँ जहाँ भन्यो त्यहाँ भत्काउँदै हिँडेको छ। काठमाडौंमा यस्तो बनाउँछु, यसरी गर्छु भनेर प्लानिङसहित हल्ला गर्दै हिँडेको छ।’
स्थापितले दीपेन्द्रले आगामी चुनावका लागि तयारी गरेकोले आफूलाई फाइदा पुग्नेगरी संरचना भत्काउन थालेको बताए। ‘दीर्घकालिन गर्ने भनेर गरेको छैन। नेपाली कांग्रेसको प्रवक्ता बनाएको छ। स्वतन्त्र मेयरको प्रवक्ता कांग्रेसको कसरी हुन्छरु धनपतिलाई किन हटाएको?,’ स्थापितले प्रश्न गरे। उनले बालेन्द्र शाहका गतिविधिले एउटा पार्टीको सेवा मात्रै गरेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।