काठमाडौं - २० वर्षभन्दा बढी समयदेखि काठमाडौं नगर प्रहरी प्रमुख बनेका धनपति सापकोटा अन्ततः जिम्मेवारीबाट हटाइएका छन् ।
काठमाडौं महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो। काठमाडौं महानगरपालिकामा पाँचजना नगर प्रहरी उपरीक्षक छन्। सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए।
जुनसुकै सरकार आए पनि सापकोटा पदमा यथावत् रहिरहे । प्रमुखमै बसेर सापकोटाले काठमाडौंमा आधा दर्जन स्थानमा भव्य महल ठड्याएको समाचार सार्वजनिक भइसकेका छन् ।
खासगरी सापकोटाले सडकमा व्यापार गर्नेसँग रकम असुल्नेदेखि न्युरोडका व्यापारीहरूसँग महिनावारी उठाउने गरेको महानगरकै कर्मचारीहरूले गुनासो गर्ने गरेका छन् । सोही कारण उनी पटकपटक विवादमा आउने गरेका थिए ।
केही अघि बालुवाटारको सडकमा मकै पोल्ने सिन्धुपाल्चोकका आचार्य दम्पतीसँग पनि उनले मान्छे खटाएर रकम बार्गेनिङ गरेको सार्वजनिक भइसकेको छ ।
यिनै कारण काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले सापकोटालाई जिम्मेवारीबाट हटाएको स्रोतले बतायो । काठमाडौं महानगरपालिकाका सहप्रवक्ता महेश काफ्लेले यसलाई नियमित प्रक्रिया भएको बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।