काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर बञ्चरे डाँडा लैजान सडकमा भइरहेका सबै अवरोध हटेको बताएका छन्। विहिबार सामाजिक संजाल मार्फत मेयर बाहले अवरोध हटेको बताएका हुन्।
उनका अनुसार विहिबार मात्रै फोहोर बोकेका २८४ वटा गाडी बन्चरे डाँडा पुगेका छन्। ‘सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ,’ उनले भनेका छन्।
उनले महानगरसँग फोहोर बोक्ने गाडी सिमित रहेकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराइदिन आग्रह समेत गरेका छन्।
‘हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ । हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ,’ उनले भनेका छन्, ‘हामीलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाले हाम्रो सचिवालय सदस्य सुनिल लम्साल ९८५११०१०६० मा सम्पर्क गर्न सक्नु हुनेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।