आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डम्बर खड्काको उदघोष– २७ वर्षपछि इलाममा कांग्रेसले विरासत फर्काउँछ, सुवास नेम्वाङ दुब्लो उम्मेदवार

डम्बर खड्काको उदघोष– २७ वर्षपछि इलाममा कांग्रेसले विरासत फर्काउँछ, सुवास नेम्वाङ दुब्लो उम्मेदवार

  • मिडिया डबली
  • शनिवार, श्रावण २८ २०७९

  • 4.6K
    SHARES

  • डम्बर खड्काको उदघोष– २७ वर्षपछि इलाममा कांग्रेसले विरासत फर्काउँछ, सुवास नेम्वाङ दुब्लो उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेस इलामका सभापति एवं युवा नेता डम्बर खड्काले २७ वर्षपछि इलाममा कांग्रेसले आफ्नो विरासत फर्काउने उदघोष गरेका छन् । 

    शनिबार नेपाली कांग्रेस इलाम काठमाडौं सम्पर्क समितिले होटल हार्दिकमा आयोजना गरेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन विषयक अन्तरक्रियामा उनले इलाममा कांग्रेसले राम्रो र सबैले विश्वास गर्ने उम्मेदवारलाई टिकट दिए इतिहास राख्ने बताए ।

    ‘इलामको क्षेत्र नम्बर २ मा सबै दलको मत मिलाउँदा एमालेभन्दा हामी एक हजारले मात्र अघि छौं । यतिले चुनाव जित्छ कांग्रेसले ? सबैले विश्वास गरेका र काम गर्नसक्ने उम्मेदवारले मात्र चुनाव जित्छ । म पनि प्रत्यासी हुँ । तर म टिकट माग्दिनँ । मेरो मूल्यांकन केन्द्रले गर्नुपर्छ । तर, एकाध व्यक्तिले टिकट दिँदैमा चुनाव जित्दैन,’ खड्काले भने । उनले विगतमा इलाममा कांग्रेसबाट उम्मेदवारको टिकट दिँदा उठ्ने व्यक्ति नभएको उल्लेख गर्दै अहिले एउटै क्षेत्रमा १० जना उम्मेदवारको प्रत्यासी हुनुले आफूलाई खुसी लागेको उनले बताए ।

    ‘कर्मचारीतन्त्रमा एमाले हाबी छ । तर इलाम विकास निर्माणबाट तल झरिरहेको छ । सुवास नेम्वाङ क्षेत्र २ का सबैभन्दा दुब्लो उम्मेदवार हुन् । उनले अहिलेसम्म केही सम्झनयोग्य काम गरेका छैनन् । उनलाई गाउँमा आए भने मतदाताले चिन्न सक्नु पर्छ,’ खड्काले भने । उनले २७ वर्षपछि इलाम २ मा कांग्रेसले विरासत फर्काउने पनि दाबी गरे । ‘२७ वर्षसम्म नेतृत्व छाडेका हौं । यहाँ माओवादीको तीन हजार र नेकपा एसको २५ सय मत हो। उनीहरुलाई पनि हामीले मिलाएर लैजानुपर्छ। साथीहरूले पटक पटक जित्छौं भने पनि हामीले हार बेहोरेका छौं ।  तर, यसपटक कांग्रेसले जित्नै पर्छ,’ उनले भने ।

    ilam.jpg

    उनले इलाम देशभरमै कांग्रेसको एक नम्बर संगठन बनाउने जिल्ला भएको दाबी पनि गरे । ‘पहिले पहिले इलाममा नेपाली कांग्रेस छ र भन्ने गर्थे । डम्बर खड्काले के गर्छ भन्ने गरेका थिए । तर काम गर्दै जाँदा २६ वर्षपछि हामीले तीन स्थानीय तह जितेका थियौं । गठबन्धन नगरेको भए धेरै जित्थ्यौं । डम्बर खड्काले व्यक्तिगत रूपाम टिकट दियो जित्दै जित्दैन भन्थे साथीहरु । तर, मैले टिकट दिएका ६ जना जिल्ला समन्वय समितिसहितले चुनाव जितेका छन् । टोल विकास समिति, तरुण दल, नेविसंघ गठन गरेका छौं । त्यसैले यसपटक कांग्रेसले चुनाव जित्छ । जसले टिकट पाए पनि म चुनाव जिताउन लागिपर्छु,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend