सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्रीले लिए कडा एक्सन, मिटरब्याजीका पाता कसिने

प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्रीले लिए कडा एक्सन, मिटरब्याजीका पाता कसिने

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २७ २०७९

  • 3.8K
    SHARES

  • प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्रीले लिए कडा एक्सन, मिटरब्याजीका पाता कसिने

    काठमाडौं ।  सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव डा। भीष्म भुषालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन्। 

    कार्यदलको सदस्यमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन्।

    कार्यदलको सदस्य सचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ। प्रधानमन्त्री  देउवाले शुक्रबार बिहानमात्रै गृहमन्त्री  खाण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपाय पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा उक्त कार्यदल गठन गरिएको हो।

    कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। कार्यदललाई मिटरब्याजी सम्बन्धी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर–निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १५ २०७८०९:५६:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend