काठमाडौं । नायिका सुहाना थापा कांग्रेस नेता प्रकाशमान सिंह माथि खनिएकी छन्। काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा समेत रहेकी सुहाना आइतबार कांग्रेस सांसद प्रकाशमान सिंहमाथि खनिएकी छन् । आगामी चुनावको सन्दर्भमा सिंहले आइतबार निर्वाचन काठमाडौं निर्वाचन क्षेत्र १ मा पार्टी निकट व्यक्तिलाई अन्तरक्रियामा बोलाएका थिए ।
उक्त छलफलपछि सुहानाले सामाजिक सञ्जालमा सिंहका विचारप्रति असहमति जनाएकी छन् । भवन र पूर्वाधार निर्माणमा ध्यान दिने, तर धोबीखोला र बिजुलीबजारको गएगुज्रेको अवस्था सुधार्न ध्यान नदिएको भन्दै उनी आक्रोशित छिन् ।
प्लास्टिकको प्रयोगले पारिस्थितिक संकट निम्तिएको भन्दै उनले एकले अर्को पार्टीलाई गाली गर्ने प्रवृत्तिले कहीं नपु¥याउने विचार उनले राखेकी छन् । नेता सिंहले उठाएका शिक्षा र वातावरण संरक्षणका कुरा सैद्धान्तिक रुपमा सही सुनिए पनि व्यावहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सुहानाले आपत्ति जनाएकी छन् ।
निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिलकी सुपुत्री समेत रहेकी सुहानाले चार वर्षअघि रिलिज भएको ‘ए मेरो हजुर ३’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।