आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपाका चार नेताले गरे पार्टी परित्याग, लिङ्देनलाई धक्का

राप्रपाका चार नेताले गरे पार्टी परित्याग, लिङ्देनलाई धक्का

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३ २०७९

  • 9.7K
    SHARES

  • राप्रपाका चार नेताले गरे पार्टी परित्याग, लिङ्देनलाई धक्का

    काठमाडौं - पार्टी महाधिवेशन सकिएको नौ महिना नपुग्दै राप्रपामा किचलो सुरु भएको छ । लामो समयदेखि पार्टीमा क्रियाशील रहँदै आएका वरिष्ठ नेताहरूले पार्टी परित्याग गरेका छन् ।

    मंगलबार दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले नेतृत्वप्रति गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्।

    उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले अपमान गरेको कारण पार्टी छोड्नु परेको बताएका छन्। ‘हामीलाई तल्लोस्तरका लाञ्छना लगाउँदै अपराधी झै करार गर्दै अपमानित गर्ने दुष्प्रयास भयो।

    यो एउटा विधि, पद्धति र प्रणालीमा विश्वास गर्ने स्वाभिमानीका लागि स्वीकार्य हुन सक्ने विषय थिएन,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ। केही समययता उनीहरू राप्रपाले राजसंस्थाको एजेन्डा छाडेको असन्तुष्ट रहँदै आएका थिए ।

    उनीहरू अहिले कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने तयारीमा लागेका छन् । पार्टीका सिनियर नेताहरू हिँडेपछि राजेन्द्र लिङ्देन तनावमा परेका छन् । उनीहरूले नेतृत्वलाई आफ्नो कार्यशैली सुधार गर्न दबाब दिँदै आएका थिए ।

    rajendra.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०२:५०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend