आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले भने– ई–स्पोर्टसका लागि छुट्याइएको बजेट ‘रुटिन अफ नेपाल बन्द’ लाई होइन

बालेनले भने– ई–स्पोर्टसका लागि छुट्याइएको बजेट ‘रुटिन अफ नेपाल बन्द’ लाई होइन

  • मिडिया डबली
  • बिहिवार, आषाढ ३० २०७९

  • 3.4K
    SHARES

  • बालेनले भने– ई–स्पोर्टसका लागि छुट्याइएको बजेट ‘रुटिन अफ नेपाल बन्द’ लाई होइन

    काठमाडौं - काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट ‘रुटिन अफ नेपाल बन्द’ लाई नभएको प्रस्टीकरण दिएका छन् ।

    सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने विधा भएको प्रस्ट पारेका छन् ।

    ‘ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका

    खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो । कानुनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ ।

    फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,’ बालेनले बिहीबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन् ।

    बालेनले ई–स्पोर्टसका नाममा आफूलाई चुनावमा जिताएको गुन तिर्न रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुट्याएको समाचार आएको थियो । पौडेलले पनि यसमा कुनै सत्यता नभएको स्पष्ट पारिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend