आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशको अर्थतन्त्र बलियो बन्दै, राज्यको ढुकुटी भरिँदै

देशको अर्थतन्त्र बलियो बन्दै, राज्यको ढुकुटी भरिँदै

  • मिडिया डबली
  • मंगलवार, आषाढ २८ २०७९

  • 6.9K
    SHARES

  • देशको अर्थतन्त्र बलियो बन्दै, राज्यको ढुकुटी भरिँदै
    फाइल तस्वीर

    काठमाडौं - कोभिड महामारी, रुस–युक्रेन युद्धका कारण संसारभरको अर्थतन्त्रमा असर देखिएको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सक्ने कुरा भएन ।

    साढे तीन वर्ष कम्युनिस्ट पार्टीले देश चलाउँदै अर्थतन्त्र उत्तानो परिसकेको थियो । भ्रष्टाचारका कारण यो एक वर्ष कांग्रेस नेतृत्वको सरकारलाई निकै सकस भयो । तर, अहिले भने विस्तारै अर्थतन्त्रका परिसूचक सुधार हुँदै गएका छन् ।

    विदेशी डलर सञ्चिती बढेको छ । राजस्व साढे १० खर्ब संकलन भएको छ । नेपालमा विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो । चालू आर्थिक वर्षको वैशाखसम्म अघिल्लो वर्षको तुलनामा लगातार घटिरहेको रेमिट्यान्स पनि जेठमा केही बढेको छ ।

    कोरोना महामारीको असर कम भएसँगै श्रम गन्तव्य मुलुकहरूले नेपाली कामदार लैजाने क्रम बढेपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको देखिन्छ । राष्ट्र बैंकका अनुसार जेठमा ७५ करोड डलर रेमिट्यान्स भित्रिएको छ । वैशाखमा ७१ करोड भित्रिएको थियो ।

    यो आवमा सबैभन्दा कम गत माघमा ६० करोड डलर मात्रै रेमिट्यान्स आएको थियो । विदेशी मुद्राको अर्को स्रोत पर्यटन क्षेत्रमा पनि सुधार आउन थालेको संकेत देखिएको छ । जुन महिनामा ४६ हजार नौ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    अप्रिलमा ५८ हजार तीन सय ४८ पर्यटक आगमन भएको थियो । पछिल्लो सात महिनामा सबैभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । पर्यटकीय गन्तव्य मुलुकमा अझै प्रतिबन्ध छ । छिमेकी देश भएकाले भारतीय पर्यटक सजिलै नेपाल घुम्न आइरहेका छन् ।

    अमेरिकी डलरमा रेमिट्यान्स आय १.५ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड डलर पुगेको छ । जेठमा ३५ हजार ६९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तो स्वीकृति लिने नेपालीको संख्या तीन लाख १३ हजार तीन सय ६७ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । जेठ महिनामा २८ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएका छन् । यससँगै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा दुई लाख ५९ हजार ९१ पुगेको छ ।

    जुन गएको वर्षको सोही अवधिको तुलनामा १८५.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो । सेवा खाताअन्तर्गत जेठ महिनासम्ममा भ्रमण आय २८१।३ प्रतिशतले वृद्धि भई २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ अर्ब ६९ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । जुन वैशाख महिनाको तुलनामा १८ अर्ब ६९ करोडले कमी हो ।

    अमेरिकी डलरमा शोधनान्तर स्थिति दुई अर्ब २६ करोडले घाटामा रहेको छ । जुन वैशाखको तुलनामा १५ करोड डलरले कमी हो । जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।

    जुन वैशाख महिनासम्मको तुलनामा २९ अर्ब ९६ करोडले बढी हो । अमेरिकी डलरमा सञ्चिति जेठ मसान्तमा नौ अर्ब ४५ करोड कायम भएको छ । जुन वैशाख महिनाको तुलनामा १७ करोड डलरले बढी हो ।

    ज्योतिषी सुरेशचन्द्र रिजालले पनि आजदेखि देशको अर्थतन्त्रमा शुभसंकेत देखिएको बताएका छन् । ‘आज २८ गते मंगलबारदेखि शुक्र ग्रहको राशि परिवर्तनपछि अर्थतन्त्रसँग सम्बन्ध राख्ने शक्तिशाली दुई ग्रह शुक्र र बुध ग्रह एउटै राशिमा भेट हुनुलाई देशको अर्थतन्त्रमा शुभ संकेत देखिएको छ ।

    आगामी दिनमा नयाँ नेतृत्वले सरकारसँग मिलेर पुराना नियमलाई परिमार्जित गर्दै सहजीकरणको रुपमा अर्थ व्यवस्था सम्हाल्ने योग बनेको हुदा लगानी कर्ताले सुरक्षित महसुस गर्ने समय आएको छ,’ उनले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक ८ २०८००६:०८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend