आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले गफ मात्रै गरेको पुष्टि, रहस्य खुलेपछि चौतर्फी हंगामा! 

बालेनले गफ मात्रै गरेको पुष्टि, रहस्य खुलेपछि चौतर्फी हंगामा! 

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 5.4K
    SHARES

  • बालेनले गफ मात्रै गरेको पुष्टि, रहस्य खुलेपछि चौतर्फी हंगामा! 

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्ये सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ । 

    सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई फोहोर विसर्जन मिल्ने गरी हस्तान्तरण गरिसकेको छ भने सेल टुको काम अन्तिम चरणमा पुगेको छ । 

    विभागले निर्माण सम्पन्न गरेर पनि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । तर, काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले आयोजना सञ्चालन गर्ने विषयमा आयोजित कार्यक्रमप्रति नै वेवास्ता गरेका छन् । साहकै आग्रहमा सहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको ल्याण्डफिल साइटबाट बगेको लिचेट प्रशोधनपश्चात् प्रयोग  गर्न सकिने प्रविधि प्रयोग कार्यक्रममा आफैं अनुपस्थित भएका हुन् ।  

    नगरप्रमुख साह कार्यक्रममा  सहभागी नभए पनि बन्चरेडाँडा ल्याण्डफिल साइटबाट संकलित लिच्चड प्रशोधनमार्फत प्रयोग गर्न सकिने गरी परीक्षण सफल भएको  बन्चरेडाँडा ल्याण्डफिल साइट आयोजनाले बताएको छ । 

    बन्चरेडाँडा ल्याण्डफिल साइटको दुई वटा सेलमा विसर्जन गरिने फोहोरबाट निस्कने दूषित पदार्थ (लिच्चड) जम्मा गर्नको लागि  २० हजार घनमिटर क्षमताको दुई वटा ट्याङकी निर्माण गरिएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई सदुपयोग गर्न सकिने गरी प्रविधिको प्रदर्शनी गरिएको बन्चरेडाडाँ ल्याण्डफिल साइटका आयोजना निर्देशक रवीन्द्र बोहराले बताए । 

    उनका अनुसार उक्त लिच्चड प्रशोधनपछि  माछा पालनका लागि समेत प्रयोग गर्न सकिने छ । बोहराले भने,‘बन्चरेडाडाँ ल्याण्डफिल साइटमा फोहोर फाल्न थालेपछि त्यहाँ उत्पन्न लिच्चडले २० हजार घनमिटर ट्यांकी भरिएको छ । यसलाई प्रशोधित गरी सदुपयोग गर्न सकिन्छ भनेर प्रदर्शनी आयोजना गरिएको हो ।’ 

    गत बिहीबार सहरी विकास मन्त्री मेटमणि चौधरी सहित मन्त्रालयमा भएको कार्यक्रममा लिच्चड व्यवस्थापनको प्रविधिको बारे जानकारी लिँदै मेयर बालेन्द्र साहले प्रदर्शनी आयोजना गर्न आग्रह गरेका थिए । आयोजनाले ल्याण्डफिल साइटलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आयोजित  प्रदर्शनी कार्यक्रम  साह अनुपस्थित हुँदा डिजाइन अनुसार फोहोर विसर्जन हुनेमा आशंका व्यक्त गरेको छ । 

    प्रविधि प्रदर्शनी   गर्न लगाएर आफै नआउँदा उक्त प्रविधिको कार्यान्वयनमा आशंका पैदा भएको छ। उक्त प्रविधि प्रदर्शनीका लागि भारतको चेन्नेइबाट विज्ञ टोली समेत डाकिएको थियो । उक्त प्रविधि प्रयोग महानगरले लिच्चड व्यवस्थापन गरेको अवस्थामा आर्थिक दायित्व दायित्व महानगरले नै व्यहोर्नु पर्ने छ । 

    यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न लगाएर आफैं उपस्थित नभएको भन्दै मन्त्रालयका अधिकारी र विज्ञले भने चित्त दुखाएका छन् । बालेन्द्रले कार्यक्रम आयोजना गर्न लगाएर झण्डै ६ घण्टा कुर्दा पनि पनि नआएपछि मन्त्रालयको टोली र विज्ञ टोली खिन्न बनेको  थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend