काठमाडौं - नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरी गृहजिल्ला दाङ जाने भएका छन् ।
मन्त्री चौधरी बिहीबार साँझ नेपालगञ्ज हुँदै देउखुरी जाने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । मन्त्री पदको शपथ लिएपछि चौधरी आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई धन्यावाद दिन जान लागेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) दाङको पार्टी नेतृत्व, पार्टीका साथी तथा शुभेच्छुकहरूसँग पनि भेट गर्ने कार्यक्रम मन्त्री चौधरीको रहेको छ ।
उनले शुक्रबार बिहान दाङका स्थानीय पत्रकारहरूसँग पनि भेटघाट गर्नेछन् । चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिका सांसद हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।