सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चर्चमा राज्यको ढुकुटीबाट लाखौं खर्च गर्ने यी सांसदको नाम मन्त्रीको लिस्टबाट काटियो !

चर्चमा राज्यको ढुकुटीबाट लाखौं खर्च गर्ने यी सांसदको नाम मन्त्रीको लिस्टबाट काटियो !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 4.6K
    SHARES

  • चर्चमा राज्यको ढुकुटीबाट लाखौं खर्च गर्ने यी सांसदको नाम मन्त्रीको लिस्टबाट काटियो !

    काठमाडौं – नेपालको सनातन हिन्दू धर्मविरुद्ध अभिव्यक्ति दिएर चर्च बनाउन राज्यको ढुकुटीबाट लाखौं खर्च गर्दै आएका दाङका सांसद मेटमणि चौधरीको नाम नयाँ मन्त्री बन्ने सूचीबाट हटेको छ ।

    नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्ने चर्चामा रहेका चौधरीको नाम अन्तिममा काटिएको छ ।

    दाङको १ नम्बर निर्वाचनबाट प्रतिनिधिसभा सांसद बनेका मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीको लागि चर्च निर्माण गर्न १० लाख रुपैयाँ खर्च गरेका थिए । निर्वाचन क्षेत्रका लागि सांसदको योजनामा खर्च गर्न मिल्ने राज्यको ढुकुटीको रकमलाई पूर्वाधार विकास कोषमार्फत् सांसद चौधरीले चर्च निर्माणमा लाखौं खर्च गरेका हुन् ।

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोड रुपैयाँमध्ये सांसद चौधरीले लमही नगरपालिका–६ खैरीमा १० लाखको चर्च निर्माण गराएका थिए ।

    नेकपा एमाले विभाजन गर्न समेत सांसद चौधरीले सक्रियता देखाउँदै चर्का अभिव्यक्ति दिँदै आएका थिए ।

    सांसद चौधरीले काठमाडौंका नेवार समुदायको आस्थामा आँच आउने गरी गुठीका विषयमा र पशुपतिनाथ मन्दिरका विषयमा समेत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । तर उनले क्रिस्चियन धर्मलाई फाइदा पुर्‍याउने काम पनि गर्दै आएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २६ २०८००४:२५:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend