काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिबार बालुवाटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको नेताहरुले बताएका छन् ।
‘नागरिकता विल आएन, चाँडै ल्याउनुस् भन्न गएका थियौं । प्रधानमन्त्रीजीले कानुनमन्त्रीलाई जिम्मा दिएको छु, भोलिसम्म ल्याउनुहोला भन्नुभयो,’ लोसपा नेता लक्ष्मणलाल कर्णले अनलाइनखबरसँग भने । सत्तारुढ गठबन्धनमा अंगीकृत नागरिकताबारे मौन बसेर भएपनि नागरिकता विधेयक ल्याउने छलफल भइरहेको छ ।
भेटमा आफूहरुले अघि सारेको राजनीतिक मुद्दा फिर्ता लगायतका विषयमा पनि छलफल भएको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।