आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामकुमारी झाँक्रीले गरिन् दल खोल्ने संकेत, माधव नेपालको पार्टीमा उथलपुथल 

रामकुमारी झाँक्रीले गरिन् दल खोल्ने संकेत, माधव नेपालको पार्टीमा उथलपुथल 

  • मिडिया डबली
  • बिहिवार, आषाढ ९ २०७९

  • 4.4K
    SHARES

  • रामकुमारी झाँक्रीले गरिन् दल खोल्ने संकेत, माधव नेपालको पार्टीमा उथलपुथल 

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी’को उदाहरण दिँदै नेपालमा पनि महिलाको छुट्टै पार्टीबारे बहस चलाएकी छन्। 

    एकीकृत समाजवादीले उनलाई फिर्ता बोलाएर सबै पुरुष मन्त्री सिफारिस गरेको सन्दर्भमा उनले सामाजिक सञ्जालमा चलाएको उक्त ‘बहस’लाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

    उनले उक्त पार्टीबारे जानकारी दिँदै लेखेकी छिन्, ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्।’ सामाजिक सञ्जाल ट्विटरमा उनले बहस र प्रतिक्रियाका लागि भन्दै उक्त पार्टीका बारेमा उल्लेख गरेकी छिन्। 


    पार्टीका विषयमा भनिएको छ, ‘ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतीशील राजनीतिक पार्टी हो। जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ।’ 

    एकीकृत समाजवादीले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको छ। आफू फिर्ता हुँदा पनि एकजना महिलाको प्रतिनिधित्व हुनुपर्ने माग झाँक्रीको छ। अध्यक्ष माधवकुमार नेपालसँग यही विषयमा उनको विवाद भएको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend