आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख शाहको ‘लन्च मिटिङ’

‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख शाहको ‘लन्च मिटिङ’

  • मिडिया डबली
  • शनिवार, जेठ २८ २०७९

  • 7.0K
    SHARES

  • ‘भाइरल’ वडाध्यक्ष रिजाल निवासमा महानगर प्रमुख शाहको ‘लन्च मिटिङ’

    काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र ‘भाइरल’ वडाध्यक्षका रुपमा चर्चामा रहेका वडाध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छ।

    महानगर प्रमुख शाह र वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालबीच शनिबार भेटवार्ता भएको हो। रिजालको बालाजुस्थित निवासमा भएको भेटमा दुई जनाबीच काठमाडौँको फोहोर व्यवस्थापन र महानगरका दैनिक काम–कारबाहीका विषयमा छलफल भएको छ।

    शाहले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको भन्दै उनीसँग काठमाडौँको फोहोर व्यवस्थापन र महानगरका दैनिक काम–कारबाहीका विषयमा सुझाव मागेका छन्। पाँणे नामले चिनिएका कलाकार अर्जुन घिमिरेका साथ पुगेका शाहले रिजाल निवासमा झण्डै दुई घन्टा बिताएका थिए।

    ‘लन्च’सहितको भेटमा रिजालले फोहर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गरेका थिए। उनले पार्टीभन्दा माथि उठेर महानगर प्रमुख शाहका जनमुखी अभियानमा आफूले सहयोग गर्ने समेत बताएका छन्।

    नगर प्रमुख शाहसँग महानगरपालिका केन्द्रित छलफल भएको वडाध्यक्ष रिजालले बताए। भेटमा सहभागी कलाकार घिमिरेले जनप्रतिनिधिहरुसँग परामर्श गर्ने नीतिअनुसार भेटघाट भएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend