आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखर समूहको यस्तो दाबीले कांग्रेसमा उथलपुथल, के रह्यो निष्कर्ष? 

शेखर समूहको यस्तो दाबीले कांग्रेसमा उथलपुथल, के रह्यो निष्कर्ष? 

  • मिडिया डबली
  • बुधवार, जेठ २५ २०७९

  • 6.7K
    SHARES

  • शेखर समूहको यस्तो दाबीले कांग्रेसमा उथलपुथल, के रह्यो निष्कर्ष? 

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आफ्ना पक्षका ५८ प्रतिशत जितेको दाबी गरेको छ। स्थानीय तहमा आफूहरुको उपस्थिति बलियो भएको शेखर समूहका नेताहरुको दाबी छ ।

    निर्वाचन आयोगका अनुसार कांग्रेसले पालिका प्रमुखमा ६१३ र उपप्रमुखमा ५३४ गरी ११४७ उम्मेदवार उठाएको थियो । उनीहरुमध्ये ६४२ जना संस्थापन पक्ष र ४०७ जना आफ्नो पक्षको भएको शेखर समूहको दाबी छ । पालिका प्रमुख र उपप्रमुखका उम्मेदवारमध्ये ६२५ निर्वाचित भए । यो कुल उम्मेदवारको ५४ प्रतिशत हो । संस्थापन पक्षका करिव ५० र आफ्नो समूहका ५८ प्रतिशत निर्वाचित भएको शेखर पक्षको दाबी छ ।

    संस्थापन पक्षका नेताहरु पार्टीबाट चुनिएका जनप्रतिनिधि कसको पक्ष भनेर नहेरेको बताउँछन् । यद्यपि शेखर समूहले दाबी गरे जस्तो धेरै जितेको मान्न तयार छैनन् ।शेखर समूहका नेताहरुले भने संस्थापन र आफ्नो बाहेक अरु समूहको पनि हिसाब निकालेको छ ।

    दुबै पक्षले आफ्नो भनि दाबी गरेका ५ मा ३ जनाले जित निकालेको शेखर पक्षले बताएको छ । पूर्वउपसभापति विमलेन्द्र निधि निकट १० उम्मेदवारमा ३ जना विजयी भएका छन् । पार्टीका दुबै पक्षमा कतै पनि नखुलेका ३ जना नै पराजित भएको आकंडा निकालिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट उम्मेदवारलाई भने संस्थापन पक्षमै जोडिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २२ २०७९०९:५९:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend