आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

स्वतन्त्रबाट जनकपुरको मेयर जितेका साह कांग्रेसको विजय जुलुसमा हिँडेपछि चौतर्फी खुसियाली, अभिव्यक्तिले कांग्रेसजन दंग !

स्वतन्त्रबाट जनकपुरको मेयर जितेका साह कांग्रेसको विजय जुलुसमा हिँडेपछि चौतर्फी खुसियाली, अभिव्यक्तिले कांग्रेसजन दंग !

  • मिडिया डबली
  • बुधवार, जेठ ११ २०७९

  • 8.1K
    SHARES

  • स्वतन्त्रबाट जनकपुरको मेयर  जितेका साह कांग्रेसको विजय जुलुसमा हिँडेपछि चौतर्फी खुसियाली, अभिव्यक्तिले कांग्रेसजन दंग !

    काठमाडौं । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह नेपाली कांग्रेसले निकालेको विजय जुलुसमा सहभागि भएका छन्। उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए ।

    कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका साह बुधबार कांग्रेसले नै आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा धेरैले आश्चर्य माने।

    तर साह भने आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताउँछन् । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

    आफूले कांग्रेसबाट कुनै बिद्रोह नगरेको भन्दै साहले कांग्रेसमा फर्किन सक्ने पनि बताए । निर्वाचनको तीन दिनअघि नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको एउटा भिडियो सार्वजनिक भएको थियो । उनले भिडियोमा जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन मतदातासँग आग्रह गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २५ २०७९०९:४८:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend