धनगढी । कैलालीको लम्की नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन्। उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजयी भएकी हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनकी प्रतिस्पर्धी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।