आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसका मेयर भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेर देखाए उदाहरण, कम्युनिस्टहरु चकित  !

कांग्रेसका मेयर भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेर देखाए उदाहरण, कम्युनिस्टहरु चकित  !

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 6.1K
    SHARES

  • कांग्रेसका मेयर भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेर देखाए उदाहरण, कम्युनिस्टहरु चकित  !

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भट्टराईले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

    मेयर भट्टराईले आफ्नो केही ठाउँमा जग्गा, घर, नगद तथा अपसेट प्रेस र थुक्पा उद्योगमा लगानी रहेको जानकारी दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सम्पत्ति विवरण सार्वजनिक गर्ने मेयर भट्टराई पहिलो हुन् । 

    मेयर भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा १६ रोपनी २ आना ३ दाम पैतृक जग्गा रहेको, आमा पद्मकुमारी भट्टराईको नाममा सगोलमा ३ रोपनी ४ दाम जग्गा रहेको, भक्तपुरमा श्रीमतीको नाममा ९ आना २ पैसा जग्गा रहेको, उदयपुरको रामपुरमा साँढे २ कट्ठा जग्गा श्रीमतीको नाममा रहेको, दिक्तेलमा साँढे ६ आना जग्गामा ८ कोठे २ तले काठको घर रहेको जानकारी दिएका छन् । 

    यस्तै, श्रीमतीसँग सुनको गहना ७ तोला, चाँदी १६ तोला, श्रीमतीकै नाममा वाणिज्य बैंकमा नगद ८० हजार रहेको सार्वजनिक गरेका छन् । डिल्लीबजार काठमाडौंमा साझेदारीमा २०६७ सालदेखि हलो हलेसी अपसेट प्रेस सञ्चालनमा रहेको र दिक्तेलमा साझेदारीमा थुक्पा उद्योग स्थापना गरेको मेयर भट्टराईले जानकारी दिए । थुक्पा उद्योग स्थापना गर्नेक्रममा ग्लोबल आइएमई बैंकबाट ७ लाख ५० हजार ऋण लिइएको भट्टराईले सार्वजनिक गरेका छन् । 

    सामान्य आर्थिक अवस्थाका नेता जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि रातारात करोडपति बन्ने गरेको उल्लेख गर्दै भट्टराईले आफ्नो पाँच वर्षे कार्यकालमा आर्थिक अवस्था तथा जीवनशैलीमा कुनै फेरबदल नआउने दाबी गरे । ‘नेपालमा राजनीति सामाजिक सेवा होइन कमाउने उद्योग बन्यो । निर्वाचित भएपछि नेता रातारात करोडपति बन्छ । न उसको कुनै उद्योग कलकारखाना छन् न व्यापार व्यवसाय नै । उ नागरिकभन्दा उपल्लो दर्जाको साहेब भएको घमन्ड गर्छ, विगतको हैसियत भुल्न पुग्छ,’ मेयर भट्टराईले भने, ‘यो गतिशील, परिवर्तनशील र जबाफदेही हुने समयमा आफैले परिवर्तन नगरे कसले गर्ने? अव परिवर्तन नभए कहिले हुने ? यो सोच र दृढता लिएर सम्पत्ति विवरण सार्वजनिक गरेको हुँ । पाँच वर्ष साहेब होइन सेवकका रूपमा काम गर्नेछु ।’  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend