आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसले लियो धमकेदार निर्णय, प्रदेशका सबै मुख्यमन्त्री खुसीले गदगद !

कांग्रेसले लियो धमकेदार निर्णय, प्रदेशका सबै मुख्यमन्त्री खुसीले गदगद !

  • मिडिया डबली
  • शुक्रवार, जेठ २० २०७९

  • 10.0K
    SHARES

  • कांग्रेसले लियो धमकेदार निर्णय, प्रदेशका सबै मुख्यमन्त्री खुसीले गदगद !
    फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेरमा नलाग्ने भएको छ । वर्तमान सरकार बनिसकेपछि मधेस र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने दल परिवर्तन भएका थिए । हाल सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २–२ प्रदेशको मुख्यमन्त्री बन्ने र जनता समाजवादीले मधेस प्रदेशको सरकार बनाउने सहमति बनेको थियो । 

    त्यसअनुसार गण्डकी र कर्णाली प्रदेशमा कांग्रेसका नेता मुख्यमन्त्री छन् । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिम सरकारको नेतृत्व गरेको छ । एकीकृत समाजवादीले प्रदेश १ र बागमतीमा सरकार चलाएको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री छन् ।

    यसअघि नेकपा एमालेको प्रदेश सरकार हटाई हालको सत्तारुढ गठबन्धनको सरकार निर्माणका बेला कतिपय प्रदेशमा दलहरुबीच आलोपालो मुख्यमन्त्री हुने सहमति पनि बनेको थियो । तर, केन्द्रस्तरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले २र२ र जसपाले एक प्रदेशको नेतृत्व लिने तय भइसकेकाले अब प्रदेशस्तरमा भएको आलोपालो सम्बन्धी सहमति कार्यान्वयन नहुने भएको छ ।

    एउटा प्रदेशमा सरकारको नेतृत्व परिवर्तन गर्दा अन्य प्रदेशमा समेत असर गर्ने भएकाले यो विषय नउठाउने निश्कर्षमा पुगेको कांग्रेस नेताहरु बताउँछन् । यो विषय उठाउँदा गठबन्धनमा समेत किचलो उत्पन्न हुनसक्ने कांग्रेसको आशंका छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend