आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेका ‘१० भाइ’ माथि सुरु भो कारबाहीको डन्डा, योगेशले दिए चेतावनी

एमालेका ‘१० भाइ’ माथि सुरु भो कारबाहीको डन्डा, योगेशले दिए चेतावनी

  • मिडिया डबली
  • आइतवार, जेठ २२ २०७९

  • 5.7K
    SHARES

  • एमालेका ‘१० भाइ’ माथि सुरु भो कारबाहीको डन्डा, योगेशले दिए चेतावनी

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा पराजय बेहोरेको रिस एमाले अध्यक्ष केपी ओलीले आफूइतरको नेतामाथि कारबाही थालेर पोखेका छन् ।

    एमालेमा किचलो उत्पन्न हुँदा माधव नेपाललाई अन्तिममा धोका दिएर ओलीसँगै रहेका ‘१० भाइ’ नेतामध्ये घनश्याम भुसालबाट अनुशासनको कारबाही सुरु भएको छ ।

    अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीतका अभिव्यक्ति दिएको आरोपमा एमालेको अनुशासन आयोगले नेता भुसालमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

    शुक्रबार बसेको आयोगको सचिवालय बैठकले केन्द्रीय कमिटीलाई यस्तो निर्देशन दिएको हो । अनुशासन आयोगका अध्यक्ष केशव बडालले टेलिभिजनमा अन्तर्वार्ता दिने एक स्थायी कमिटीका सदस्यले पार्टी नीति र निर्णयविपरीत अभिव्यक्ति दिएको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए ।

    आयोगले भुसालका अभिव्यक्ति र पछिल्ला गतिविधिबारे ३१ जेठमा बोलाएको पूर्ण बैठकमा पनि छलफल गर्ने तयारी गरेको छ । स्थायी कमिटी सदस्य भुसालले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए ।

    उनले लामो समयदेखि अध्यक्ष ओलीको कार्यशैली र पार्टी सञ्चालन तौरतरिकाको आलोचना गर्दै आएका छन् । एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए। ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनु पर्छ।

    आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध,’ योगेशले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।

    एमाले अध्यक्ष ओलीले पार्टीका नेताबाटै चुनावमा अन्तर्घात भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । पार्टीका १० भाइ नेताहरू निष्क्रिय भएको उनको आरोप छ ।

    भीम रावल, युवराज ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, रघुजी पन्तलगायत कोही पनि यसपटकको निर्वाचनमा सक्रिय देखिएनन् । पार्टी अध्यक्ष ओली मात्रै जताततै पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend