काठमाडौं । काठमाडौं महानगरपालिकाको मंगलबार बस्ने भनिएको कार्यदलको पहिलो बैठक भएन। सोमबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले मंगलबार बिहान साढे ९ बजे बैठक बसेर कार्यदल गठन गर्ने भनेर जानकारी दिएको थियो।
उक्त नगर कार्यपालिका बैठकमा फोहोरमैला व्यवस्थापन निम्ति मेयरको संयोजकत्वमा मंगलबार पाँच सदस्यीय कार्यदल गठन गर्ने भनिएको थियो। कार्यपालिका समितिमा उपमेयरसहित नेकपा एमालेका एक जना वडाध्यक्ष, नेपाली कांग्रेसका दुई जना वडाध्यक्ष र एकीकृत समाजवादीका एक जना वडाध्यक्ष सदस्यका रूपमा रहने जनाइएको थियो। उक्त समितिको सदस्य–सचिव महानगरका प्रशासकीय अधिकृत रहने बताइएको थियो।
तर मंगलबार कार्यदल गठन भएन। वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाले कार्यदलको बैठकबारे कुनै जानकारी नभएको बताए। ‘मेयरबाट आधिकारीक रूपमा बैठक बस्ने भनेर जानकारी आएको छैन,’ उनले भने, ‘यहाँका काम कार्यपालिका नियमावली अनुसार हुन्छ। त्यो पालना गरेर हामीलाई बोलाइएको छैन।’
मेयरको सचिवालयले भने फोहोर व्यवस्थापनका लागि सम्बन्धित व्यक्तिहरूसँग छलफल भइरहेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।