काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।
शाह मतगणना चल्दै गर्दा ओली भेट्न बालकोट पुगेका थिए। तर, यसबारे अहिलेसम्म दुवै पक्षले केही बताएका थिएनन्। बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरे ।
बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन ।
बालकोटमा ओलीले बालेनसँग एक्लै कुराकानी गरेका थिए। समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएका थिए। ओलीसँगको यो भेट पछि बालेन एमाले प्रवेश गर्न सक्ने अनुमान हुन थालेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।