आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले ९०८३५ होइन, ६१७६७ मत ल्याएर जिते मेयर

बालेनले ९०८३५ होइन, ६१७६७ मत ल्याएर जिते मेयर

  • मिडिया डबली
  • शुक्रवार, जेठ १३ २०७९

  • 3.4K
    SHARES

  • बालेनले ९०८३५ होइन, ६१७६७ मत ल्याएर जिते मेयर

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्। काठमाडौं महानगरको इतिहासमा स्वतन्त्र उम्मेदवार विजयी भएको यो पहिलोपटक हो ।

    लौरो चुनाव चिह्नमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। बालेनले निर्वाचन हुनुअघि आफूले ९०८३५ मत ल्याएर मेयरमा चुनाव जित्ने घोषणा गरेका थिए ।

    तर, निर्वाचनमा आशातीत मत नखसेकाले बालेन ६१७६७ मत ल्याएर जित हासिल गरेका छन् । बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्।

    सिंहले ३८ हजार तीन सय ४१ मत ल्याएकी छन् । निर्वाचनमा आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको दाबी गर्ने एमालेका एमालेका केशव स्थापित तेस्रो स्थानमा पुगेका छन् ।

    उनले ३८ हजार ११७ मत पाएका छन्। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन्। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्।

    आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन्।

    उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए।

    उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाइन्।

    लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जीसिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend