आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेन शाह पूर्वराजा ज्ञानेन्द्रबाट परिचालित भएको सनसनीपूर्ण खुलासा, काठमाडौंमा उथलपुथल

बालेन शाह पूर्वराजा ज्ञानेन्द्रबाट परिचालित भएको सनसनीपूर्ण खुलासा, काठमाडौंमा उथलपुथल

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 14.5K
    SHARES

  • बालेन शाह पूर्वराजा ज्ञानेन्द्रबाट परिचालित भएको सनसनीपूर्ण खुलासा, काठमाडौंमा उथलपुथल

    काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर निरन्तर अग्रता कायम गरिरहेका बालेन शाह पूर्वराजा ज्ञानेन्द्र शाहबाट परिचालित भएको खुलासा भएको छ।

    वरिष्ठ पत्रकार किशोर नेपालले बालेन ज्ञानेन्द्रबाट परिचालित भएको खुलासा गरेका हुन्। मिडिया, राप्रपा र पुर्वराजाका मान्छेले बोकेर बालेनलाई अगाडि ल्याएको आरोप लगाएका छन् ।

    एउटा टेलिभिजन अन्तर्वार्तामा उनले नेपालले बालेन शाह छद्मभेसी भएको आरोप समेत लगाए । ‘बालेन साह आफै छद्मभेसी मान्छे हुन, जस्को सम्वन्ध दलसँग छ। उनी राजावादी दलका समर्थक हुन, राप्रपाका समर्थक हुन। उनले समर्थन लिएका छन् (राप्रपासँग)। उनी हिन्दु धर्मका प्रचारक हुन्,’ उनले भनेका छन्, ‘उनी स्वयमले भनेका छन् ति कुराहरु। उनी राप्रपासँग ढोगभेट गर्न गएका छन्। यी संकेत बुझ्नोस न। तपाईहरु एकोहोरो बालेनजी क्रान्तिकारी भन्नु हुन्छ भने म असहमत छु।’

    बालेन साहले आफुलाई राजनीतिमा स्थापित गराउने हो भने ‘चर्पीमा हात हालेर दिशा सफा गर्छु’ भनेर प्रतिवद्धता जनाउँनु पर्ने उनले वताए ।

    ‘काठमाण्डौं आफैमा एउटा चर्पी हो। उनले हात डुवाएर दिशा सोहोर्ने साहस गर्नुपर्छ। तर, उहाँ लठ्ठी वोकेर ‘गु’ सोहोर्न आउनु भएको होईन। उहाँ मधेशको जाती विशेष, मधेशकै भाषामा भन्ने हो भने तेली जातीको मान्छेले ज्यापुको, नेवारको, उच्च नेवारको, वाहुनको सवैको आची सोहोर्न आउनु भएको छ। वहाँले त्यो गर्छु भन्नु पर्छ।’

    यो निर्वाचनको नतिजा बालेनको पक्षमा आएपनि एक्लो मेयरले केही गर्न नसक्ने उनले दावी गरे। बालेन साहलाई अनावश्यक रुपमा पक्षपोषण गरेर नेपालका मिडियाले नै निर्दलियताको सपोर्ट गरेको पत्रकार नेपालको आरोप छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend